Logo

बैंक / बिमा /शेयर

साधना लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


ग्लोबल मनी विकको अवसरमा साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सदर हरमटारी टोल विकास संस्थाको समन्वयमा गोरखा नगरपालिका वडा नं ६ मा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

प्राटेक्ट मनि सेभ योर फ्यूचर भन्ने मुलनाराको साथ सञ्चालित सो कार्यक्रम सदर हरमटारी टोल विकास संस्थाका अध्यक्ष सानोकाजी वन्तको अध्यक्षता तथा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरीवि निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपुर्ण भुमिकाको विषयमा जानकारी गराउदै बचत गर्ने बानीको विकास र कर्जा सदुपयोगितामा जोड दिए । त्यस्तै, उनले सामाजिक रुपमा फैलिएको अफवाहको पछि नलागी आफ्नो कारोबार चुस्तदुरुस्त राख्नको लागि अनुरोध गरे । दाहालले लघुवित्तलाई बेला बेलामा वित्तिय जागरणका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी वित्तिय क्षेत्रमा सम्पुर्ण समुदायको पहुँच पु्याउन सुझाव दिए ।

कार्यक्रममा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाको कार्ययोजनाको बारेमा जानकारी दिँदै वित्तिय क्षेत्रको काम कर्तव्य र महत्वको बारे चेतनामुलक प्रस्तुतिकरण सहित सहभागाीहरुबाट बैकिङ्ग तथा वित्तिय क्षेत्र सम्बन्धि उठेका जिज्ञासाहरुलाई सहजीकरण गरे ।

साधना लघुवित्तले ग्लोबल मनी विकको अवसरमा विद्यार्थी संग वित्तीय साक्षरता, जनप्रतिनिधि संग वित्तीय साक्षरता र युवा संग वित्तीय साक्षरता गरी विभिन्न १० वटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाले हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत् १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान आएकोमा करिव ५० हजार ब्यक्तिहरुलाई व्यवसाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको , वित्तीय संस्थाले कर्जा, बचत, विमा , रमिटान्स, मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको छ ।

कार्यक्रममा नन्द प्रसाद ढकाल, रमा सिंखडा, निरञ्जन रमण खनाल, बद्री प्रसाद पोखरेल लगायतका ब्यक्तिहरुले आफ्नो मन्तब्य राखेका थिए । त्यस्तै, उक्त कार्यक्रममा १०० जना बढी ब्यक्तिको उपस्थिति रहेको थियो ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह