Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ।

बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरू प्रसारण गरेको जानकारी दिएको हो।

बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्र्थीहरू, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिलाहरू तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि विषयवस्तुमा जानकारी गराइएको छ।

बैंकले मुद्रा सप्ताह अवसरमै विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरूः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो।

त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरू जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित सामग्री निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी मुद्रा सप्ताह सम्पन्न गरेको जानकारी दिएको छ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह