Logo

बैंक / बिमा /शेयर

हिमालयन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १३ चैत्र २०८०, मंगलबार


काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत चैत ५ देखि ११ गतेदेखिसम्म वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गरेको हो ।

यसका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

 

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह