Logo

बैंक / बिमा /शेयर

सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न


GDP नेपाल
   १४ चैत्र २०८०, बुधबार


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जनाको सहभागिता रहेको थियो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम ले अझै मेहनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए।

यस कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीको विश्वास छ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह