Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १४ चैत्र २०८०, बुधबार


नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत विषयमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकको न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह