Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १४ चैत्र २०८०, बुधबार


एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२४ अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले ७ वटै प्रदेशका शाखा मार्फत विभिन्न स्कुल तथा क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाबारे जानकारी दिएको हो ।

प्रोटेक्ट योर मनी सेक्वेर योर फ्यूचर भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना दिइएको थियो ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंकले हालसम्म करिब १३ लाख ग्राहकहरुलाई आफ्ना सुविधि प्रदान गरिसकेको छ । हाल बेंकले १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

 

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह