Logo

बैंक / बिमा /शेयर

साना किसान लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   २१ चैत्र २०८०, बुधबार


साना किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेश गर्न सकिनेछ । त्यसैगरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बर्दिबास, हेटौडा, धादिङ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, काठमाडौं, सिराहा, र कैलालीबाट आवेदन दिन सकिनेछ ।

यसमा वैशाख २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह