Logo

कर्पोरेट-बजार

नेपाल हस्तकला महासंघद्वारा नवनियुक्त मन्त्रीहरुलाई स्वागत तथा बधाई ज्ञापन


GDP नेपाल
   २ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल हस्तकला महासंघले बागमती प्रदेशका नव नियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ । महासंघले आज सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्दै नवनियुक्त मन्त्रीहरुलाई बधाई दिएको हो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनको लागि बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा संचालन अध्यादेश जति सक्दो चाँडो पारित गर्न आग्रह गरिएको छ । त्यस्तै, महासंघले प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र संचालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता संचालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि समेत मन्त्रीसमक्ष आग्रह गरेको छ ।

सो अवसरमा नवनियुक्त मन्त्रीहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । यस्तै, प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा संचालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ र ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने कार्यमा अग्रसर रहने मन्त्रीहरुले जनाए ।

कार्यक्रममा महासंघका सल्लाहकार पूर्व अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरु, संचारकर्मीहरु र कर्मचारीहरु सहभागिता रहेको थियो ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह