Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, यूरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । आइतबार यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा कायम थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह