Logo

बैंक / बिमा /शेयर

बन्जी नेपाल एडभेन्चरमार्फत बन्जी गर्दा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट


GDP नेपाल
   ४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडका ग्राहकहरूले बन्जी नेपाल एडभेन्चरमार्फत बन्जी गर्दा विशेष छुट पाउने भएका छन् ।

काठमाडौँ बालुवाटार–४ स्थित प्रमुख कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कले पोखरा रातोपैरो – १७ मा रहेको नेपाल एडभेन्चरसँग बैङ्कका ग्राहकहरूलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतामा बैङ्कको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चरका तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैङ्कका ग्राहकहरूले भिषा डेबिट कार्ड तथा मोबाइल बैङ्किङ्ग प्रयोग गरी बन्जी नेपाल एडभेन्चरा गई एकल बन्जी गर्दा १ हजार र जोडी बन्जी गर्दा १ हजार ५ सय रुपैयाँसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैङ्कमा कार्यरत कर्मचारीहरू तथा ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैङ्कले लिएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह