Logo

बैंक / बिमा /शेयर

आइपीओ निष्काशन गर्दै ह्वाइट लोटस पावर, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग


GDP नेपाल
   ९ बैशाख २०८१, आइतबार


काठमाडौँ । ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागिएको उक्त सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह