काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको सेयर बिक्रीमा आएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले बोलपत्र पेस गदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। बिक्रीमा राखिने सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया