Logo

बैंक / बिमा /शेयर

मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौँ । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोकमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोको बमोजिम हुने सूचनामा उल्लेख छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह