Logo

राजनीति

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै


GDP नेपाल
   २३ बैशाख २०८१, आइतबार


काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज नेपाल आउँदैछिन् ।

अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । जापान नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकहरुमध्ये एक हो ।

नेपालमा भेटघाटपछि उनी आजै जापान फर्किने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयकाअनुसार काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने जनाइएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउले मन्त्रीस्तरीय भ्रमण गरेका थिए ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह