Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २५ बैशाख २०८१, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । सोमबार खरिद दर १६७ रुपैयाँ ९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसाले कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसाले कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह