काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा। चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ । साथै, राष्ट्रपतिज्यूले डा। नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया