Logo

बैंक / बिमा /शेयर

उद्यमी व्यवसायीलाई ऋण लिएर व्यवसाय अगाडी बढाउन बैंकर मनोज ज्ञवालीको सुझाव


GDP नेपाल
   ७ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । प्लाष्ट नेपाल फाउन्डेसनले वर्तमान अवस्थामा उद्योग व्यवसाय संचालनमा देखिएका हालका समस्या र चुनौतीसँगै व्यापार सहजीहरणका सन्दर्भमा बैकिंङ र इन्स्योरेन्स क्षेत्रको अबको भूमीका कस्तो रहन्छ भन्नेबारे आज एक कार्यक्रमको आयोजना गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ एवं चार्टर एकाउन्टेन्ट मनोज ज्ञवालीले मुलुकको अर्थतन्त्र क्रमश: सुधारतर्फ उन्मुख भएको बताए । ज्ञवालीले बैंक ब्याजदर पनि क्रमश: घट्दै गएको अहिलेको अवस्थामा बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गर्न उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।

सो कार्यकममा बोल्दै ज्ञवालीले भने ,”अहिले बैंक ब्याजदर घट्दै ७, ८ प्रतिशतको हारहारीमा आएको छ, र यो घट्ने क्रममा पनि रहेको छ । जसले गर्दा अब २ वर्षससम्म बैंकको ब्याजदर नबढ्ने भएकोले ढुक्क भएर ऋण लिएर आफ्ना उद्योग व्यवसाय सुरु गर्नुहोस् ।”

उनले अर्थतन्त्रलाई अहिलेको परिस्थितिसम्म पुर्‍याउन सबै जिम्मेवार रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैकिंङ तथा इन्स्योरेन्स क्षेत्र तथा उद्योगी व्यवसायीहरु आ–आफ्नो स्वार्थमा केन्द्रित हुँदा मुलुकले यस प्रकारको संकट भोग्नु परेको बताए ।

कार्यक्रममा प्लाष्ट फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले अर्थतन्त्र सामु देखिएका हालका समस्या र चुनौती हल गर्न बैंक एवं इन्स्योरेन्स क्षेत्रको भूमीका महत्वपूर्ण रहने बताए ।

“अहिले उद्यम व्यवसाय इतिहासझै कठिन मोडबाट गुज्रीरहेकाले अर्थतन्त्रलाई चलाएमान बनाउन अब यस्ता किसिमका अन्तक्रिया बहस जस्ता कार्यक्रम मार्फत उद्योगी व्यवसायीमा केही आशाको संचार जागृत हुन्छ”, उनले भने ।

श्रेष्ठले उद्यम गर्न चाहनेलाई बैंक तथा बिमा क्षेत्रले हतोत्साई बनाएको समेत उल्लेख गरे । पछिल्लो समय मुलुकको बैंकिङ प्रणाली डिजीटल सेवामा प्रवेश गरे पनि कागजी झन्झटले गर्दा अझै पनि व्यवसायीक वातावरणमा अवरोधको रुपमा रहेको श्रेठको भनाई थियो ।

कार्यक्रममा उद्यमी व्यवसायीहरुले उद्योग सञ्चालनका सवालमा बैंक एवं विमा कम्पनीहरुबाट भोगेका समस्याका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा आफ्नो धारणा राख्दै प्लाष्ट नेपालका सल्लाहकार एवंं उद्योगपति प्रदिप कुमार श्रेष्ठले औद्योगीक वातावरण दिन प्रति दिन कमजोर हुँदै गएको अवस्थामा उद्योगको उत्पादनमा समेत नकारात्मक असर परेको बताए । उनले जूनसुकै सरकार आएता पनि नीतिमा स्थिरता आवश्यक रहेको औल्याए । स्थिर नीतिको अभावमा आज औद्योगीक लगानी प्रभावित भएको उनले जनाए ।

कार्यक्रममा इन्स्योरेन्स कन्सल्टेन्सी नेपालका अध्यक्ष बिके श्रेष्ठले बिमा व्यवसायमा देखिएका समस्या र चुनौतीसँग विमा शूल्क निर्धारणमा देखिएको अनियमीततालाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यो व्यवसायको विकास र विस्तारलाई अगाडी बढाउनु पर्ने र सुरक्षासँगै विश्वास आर्जन गर्नु नै ठुलो विषय भएको श्रेष्ठले बताए ।

सो अवसरमा उद्यमी भरत आचार्य, प्लाष्ट नेपाल फाउन्डेसनका निवर्तमान अध्यक्ष राहुल कुमार अग्रवाल, विवेक तातेड, आनन्दमान वैद्य, अमृत प्रसाद डेवा, सरद तिव्रेवाल, सलिको इन्स्योरेन्स कम्पनीका सिइओ चंखि क्षेत्री , बैंकर सुनिल प्रसाद गोर्खाली लगाएत व्यक्तिहरुले विद्यमान अवस्थामा नेपालको बैंकिङ र विमा क्षेत्रमा भइरहखेका समस्या र चुनौतीसँगै अबको निकासका बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह