Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ९ जेष्ठ २०८१, बुधबार


काठमाडौं । महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ९०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले जेठ २३ गतेसम्म बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह