Logo

राजनीति

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


GDP नेपाल
   ९ जेष्ठ २०८१, बुधबार


काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ ।

बुधबार न्यायाधीश चुडामणि खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि पाँच दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर मिडिया ग्रुपको मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह