काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ ।
सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया