काठमाडौँ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनसक्नेछन् ।
तोकेको समयमा सेयर खरिद नभएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया