Logo

बैंक / बिमा /शेयर

घट्यो डलर, पाउण्ड, युरो र रियालको भाउ


GDP नेपाल
   २२ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।

यस्तै, मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको मूल्य घटेको छ । सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा भरेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह