Logo

बैंक / बिमा /शेयर

बढ्यो डलर, पाउण्ड र युरोको भाउ


GDP नेपाल
   २३ जेष्ठ २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भैरहेको छ ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह