Logo

बैंक / बिमा /शेयर

विश्व वातावरण दिवसको अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साइकल र्‍यालि सम्पन्न


GDP नेपाल
   २३ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्ष रोपन तथा साइकल र्‍यालिको आयोजना गरेको छ ।

कम्पनीको केन्द्रिय कार्यालय नक्शालबाट शुरु भएको साइकल र्‍यालि भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर र रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौर पुगेर सम्पन्न भएको हो ।

कम्पनीले वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नाराका साथ विश्व वातावरण दिवस भव्य रुपमा मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीउं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे ।

उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लप अफ काठमाण्डौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको हाृ । कार्यक्रमा लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षण सहित स्वस्थ जीवनशैली तर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकार–काठमाण्डौं, काठमाण्डौं महानगरपालिका, वडा अध्यक्ष–का.म.न.पा वडा नं १, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लप अफ काठमाण्डौं पिस आइडल, स्पार्क ग्रुप लगायत उपस्थित सबैलाई धन्यवाद दिए । साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल र्‍यालिमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह