काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा पनि लाभांश वितरण गरेको थिएन ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया