Logo

बैंक / बिमा /शेयर

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित


GDP नेपाल
   २५ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ। एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन (WACC)- २०२४ बाट बैंक सम्मानित भएको हो।

यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा रहेको बैंकले जनाएको छ।

बैंक दि फाइनान्सियल ‍टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट पनि सम्मानित भएको थियो।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ।

बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू सेवा दिइरहेको छ।

 

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह