Logo

राजनीति

कांग्रेस-एमाले सहकार्यप्रति बालेनको व्यङ्य-‘काले काले मिलेर खाऊँ भाले’


GDP नेपाल
   १९ असार २०८१, मंगलबार


काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यङ्य गरेका छन् ।

साहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह