Logo

राजनीति

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्रीहरु फिर्ता बोलाउने


GDP नेपाल
   १९ असार २०८१, मंगलबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिमा एकखालको अस्थिरता, चलखेलहरु भइरहन्छ । त्यो नहुनुपर्ने थियो । हामीले स्थायित्वको लागि प्रयासहरु पनि गरेका छौं । पछिल्लो समय जे भइरहेको छ त्यो देश र जनताको हकमा छ भन्ने हामीलाई लाग्दैँन् र यसले स्थायित्व दिन्छ भन्ने कुरा पनि लाग्दैँन् । यद्यपी यो घटना अगाडि बढि सकेपछि अब बन्ने गठबन्धनमा हामी सामेल हुँदैनौं । त्यो स्पष्ट छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउछौ । हामी सरकारमा जादैँनौ ।’

उनले नयाँ गठबन्धन देश र जनताको हकमा नभएको र यसले स्थायित्व पनि नदिने भन्दै यसमा सहभागी नहुने निर्णय गरेको बताए ।

 

प्रकाशित : १९ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह