काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन तामाकोसी जलविद्युत आयोजनाको निर्माण पूरा हुनै लाग्दा भोलि सञ्चालक समितिको निर्वाचन पनि हुँदैछ । चारजना सञ्चालकका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ४ जना सञ्चालकका लागि १२ जनाले आवेदन दिएका हुन् ।
सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । सञ्चालकका लागि ३ महिलासहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरिएको छ ।
अपर तामाकोसी सबैभन्दा धेरै सेयरधनी भएको कम्पनी हो ।
कम्पनीको सञ्चालक बन्नका लागि प्रकाश भुषाल, डा. प्रदिपकुमार मैनाली, अशोक बुढाथोकी, हरिप्रसाद भुर्तेल, गोसाइँ केसी, कल्याणी रिमाल, सिर्जना सुवेदी, प्रकाश तिवारी, विश्वनाथ शर्मा, लोकेन्द्रबहादुर साउद, सुशील पोखरेल र रामहरि शर्मा प्रतिस्पर्धामा छन् ।
मैनाली, केसी, रिमाल र पोखरेल दोलखाबासी हुन् । त्यसैगरी विश्वनाथ शर्मा र साउद नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् । प्रोक्सी गणनापछि जसको बढी हुन्छ उसले विजयी हासिल गर्छ ।
सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् । देशैभर सञ्चालक रहेकाले अधिकांशले प्रोक्सी राखेर मतदान गर्ने बताइएको छ । शनिबारसम्म सबैले प्रोक्सी बुझाएका छन् ।
प्रतिक्रिया