Logo

राजनीति

‘रवि क्लब’बाट निष्कासित भएपनि घण्टी बजिरहन्छ: मुकुल ढकाल


GDP नेपाल
   २६ असार २०८१, मंगलबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो ।

निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरित काम गरेको भन्दै ढकाललाइ रास्वपाले पार्टीबाट निष्काशित गरेको हो ।

 

प्रकाशित : २६ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह