काठमाडौं । नेपाल एसबीआई बैंकले धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिकरुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारीलगायत बैंकका पदाधिकारीको उपस्थिति थियो ।
बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया