Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   २८ पुस २०८१, आइतबार


काठमाडौँ । कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।


सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ माघ १० गतेसम्म शेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २८ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह