Logo

राजनीति

मन्त्रिपरिषद बैठक: ५ देशका राजदूत फिर्ता, १८ देशमा नियुक्ति


GDP नेपाल
   १६ श्रावण २०८१, बुधबार


काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।  

उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो । 

साथै, बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय/कार्यक्रमहरूको लागि आवश्यक राजपत्राङ्गित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

  

 

 

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह