Logo

बैंक / बिमा /शेयर

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त


GDP नेपाल
   १७ श्रावण २०८१, बिहिबार


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । यी दुई कम्पनीले बिहीबार रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौता सँगै अब एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांश वितरण लगायत सेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबीआई मर्चेन्टबाट हुनेछ ।

प्रकाशित : १७ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह