काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २०.९२ प्रतिशतले बढेको हो ।
यस्तै, कम्पनीको खुद बिमा शुल्क आम्दानी ३६.५२ प्रतिशतले बढेर ७५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ देखिएको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर १६.५४ रुपैयाँ (वार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.३१ रुपैयाँ छ ।
प्रतिक्रिया