काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्सचेन्जको इजाजतपत्र रद्द गरेको छ । बैंकले काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको लाइसेन्स रद्द गरेको हो ।
बिहिबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले तोकिएको समयमा लाइसेन्स नविकरण नभएपछि ती दुई कम्पनीको इजाजतपत्र रद्द गरिएको जनाकारी दिएको छ ।
‘राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।
प्रतिक्रिया