नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष सिंह आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु, अभिकर्तावर्गहरु, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले नै सम्भव भएको बताइन् ।
साथै उनले आर्थिक वर्ष २०८०र/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखा , सबैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका ५ शाखालाई सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।
सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको बताए । यस्तै, उनले प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने सबैलाई धन्यवाद व्यक्त गरे ।
खत्रीले आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन् ।
राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु सबैको कर्तव्य भएको बताउँदै समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए ।
यसका साथै आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्वन्धमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया