काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटएका छन् ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । बैंकहरुले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्।
भदौका लागि प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ भने स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
त्यस्तै, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।
प्रतिक्रिया