Logo

बैंक / बिमा /शेयर

बैङ्गिक सिस्टमलाई नकारात्मक असर पार्ने कामलाई कसूर मान्नुपर्छ: गर्भनर


GDP नेपाल
   ३२ श्रावण २०८१, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफल उनले बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुन पुर्न लेखन गर्न आवश्यक रहेको भन्दै बैंकीङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने,‘ बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुनः लेखन गर्न आवश्यक छ । कसूरको मुख्य उद्देश्य के हो भने विषयमा स्पष्ट हुनु जरुरी छ । जनताले गरेको डिपोजिटलाई दुरुपयोग हुनेगरी कर्जाको रुपमा प्रवाह गरेर खराब नियतले दुरुपयोग गर्न मिल्दैन् । डिपोजिटहरुको अहित हुने गरी समग्र सिस्टममा बैंक वित्तिय संस्थालाई असर पार्र्ने र वित्तिय दायित्वलाई खलल पार्ने काम गर्न मिल्दैन् ।’

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह