Logo

बैंक / बिमा /शेयर

नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न


GDP नेपाल
   ३२ श्रावण २०८१, शुक्रबार


काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न व्यापारिक भवनको पूजा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले वास्तु पुजा सम्पन्न गरेकी हुन् ।

सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।

पुजामा सहभागि अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताए ।

इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह