Logo

बैंक / बिमा /शेयर

नेशनल हाइड्रोपावर २ करोड ४९ लाख नोक्सानीमा


GDP नेपाल
   २ भाद्र २०८१, आइतबार


काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ४९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४८ लाख ३२ हजार खुद नाफामा कमाएको थियो ।


कम्पनीको विद्युत विक्री आम्दानी १४ दशमलव ११ प्रतिशत कम भएको छ। व्यवस्थापकिय खर्च पनि अघिल्लो वर्ष ९० लाख ३३ हजार रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष १ करोड ४८ लाख रूपैयाँभन्दा बढी भएको छ । वित्ती खर्च पनि बढेको छ ।

अघिल्लो वर्ष २५ लाख १६ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ वित्तीय खर्च गरेको हो ।


हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ छ । शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने ९८ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।


दिर्घकालिन कर्जा ३७ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक १ रुपैयाँ १ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२४ रुपैयाँ १३ पैसा छ ।

प्रकाशित : २ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह