काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया