Logo

बैंक / बिमा /शेयर

घट्यो डलरको मूल्य, अन्य मुद्राको विनिमय दर कति ?


GDP नेपाल
   ४ भाद्र २०८१, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह