Logo

Sub-banner

अब लक भएका ट्याङकरले मात्रै पेट्रोलियम बोक्न पाउने


appharu
   ८ जेष्ठ २०७५, मंगलबार


काठमाडाैँं । भारतीय आयल कर्पाेरेसन(आइओसी) वाट पेट्रोलियम बोकेर आउने सबै ट्याङकरमा अब लक सिस्टम अनिवार्य भएको छ । निगमले ढुवानीका क्रममा बाटोमा हुने पेट्रोलियम चुहावट तथा मिसावट रोक्न थानकोट आउने भारतीय आयल कर्पोरेशन (आइओसी) का गाडीमा मंगलबार लक लगाएको हो ।
रक्सोलबाट पेट्रोलियम पदार्थ बोकेर आएका निगमका ३ वटा ट्यांकर लक गरेर प्रक्रियाको थालनी गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पहिलो चरणको लकिङ प्रक्रिया अन्तर्गत थानकोट डिपो आउने भारतीय ट्यांकर लक गरिएको छ । रक्सोल, अमलेखगन्ज, वीरगन्ज, पोखरा, चारआलीलगायत डिपोमा आउने ट्यांकर लकिङ प्रक्रिया पूरा भएको छ । बुधबार हवाई इन्धन ढुवानी गर्ने सिनामंगल डिपोका ट्यांकरमा लक लगाइने निगमले जनाएको छ । जेठ महिनाभित्र बिराटनगर, जनकपुर र बरौनी डिपोका ट्यांकर लकिङ प्रक्रिया पूरा गर्ने योजना रहेको गोइतले बताएका छन् । निगमले पेट्रोलियम चुहावट नियन्त्रण गर्न गत फागुन ३० गते झापाको चारआलीबाट यो प्रक्रियाको थालनी गरेको थियो । यसअघि तय भएका सबै डिपोका ट्यांकर लक गरेर धनगढी, भारतको इलाहाबाद र मुगलसायी डिपोको प्रक्रिया अघि बढाइने पनि उनले बताए । अहिले पहिलो चरणमा पेट्रोलियम बोकेर देशभरका डिपोमा आउने भारतीय ट्यांकर लक गरेर निगमका ट्यांकरको प्रक्रिया अघि बढाइने भएको छ । तेस्रो चरणमा निगम डिपोदेखि डिलरसम्म जाने ट्यांकर लक हुनेछन् । लकिङ प्रक्रिया एक वर्ष्भित्र पूरा हुने निगमको दाबी छ ।

प्रकाशित : ८ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह