काठमाडौँ । सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशत लाभांश दिने भएको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ को आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भएसँगै उक्त लाभांश वितरणको प्रस्ताव गरिएको हो ।
सिद्धार्थ क्यापिटल लिमिटेडको २०८१ भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई करसहित ७ प्रतिशतका दरले हुन आउने ५ करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया