Logo

राजनीति

त्रिविको सम्पति आधा आधा बाटेर पार्टी अफीस बनाउँदा हुन्छ: सांसद सिंह


GDP नेपाल
   ६ भाद्र २०८१, बिहिबार


काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाटौं र पार्टी अफीस बनाऔं । आधा कांग्रेस बाटौं आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’

साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुदा्दमा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याँउन खोजेको आरोप लगाए ।

प्रकाशित : ६ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह