Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको स्काई क्लब कार्ड सार्वजनिक


GDP नेपाल
   १३ भाद्र २०८१, बिहिबार


काठमाडौँ । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ ।
भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।

उक्त कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छूटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी दुबै पक्ष बीच समझदारी भएको कम्पनीले जनाएको छ ।


यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई(कमर्श भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छूट प्राप्त गर्न सकिने छ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि पाइनेछ ।


एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छूट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लव कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छूटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


यो कार्ड लिनका लागि बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्नेछ । यो सम्झौतापछि टिकट खरिदमा अधिकतम छूटका अलावा विभिन्न सेवाहरूमा विशेष छूट पनि प्राप्त हुने बैंकको भनाइ छ ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह