Logo

बैंक / बिमा /शेयर

आइपीओ निष्कासन गर्दै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


GDP नेपाल
   १४ भाद्र २०८१, शुक्रबार


काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो ।


उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनआइएमबि एसको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह