काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा- ८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया