काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले यस अवसरमा कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरिएको छ ।
प्रतिक्रिया